/विष्णु रिमालद्वारा सीमामा बस्न विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सुझाव

विष्णु रिमालद्वारा सीमामा बस्न विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सुझाव

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले सीमामा बस्न विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सुझाव   दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, “धम्की नै धम्की ! प्रधानमन्त्री ओली पूर्वप्रधानन्यायाधीश तथा अन्य आलोचकप्रति धम्कीपूर्ण भाषा प्रयोग गर्ने । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार मलाई धम्कीपूर्ण भाषा प्रयोग गर्ने । मैले तलको टिप्पणी गरेपछि उहाँले ट्विटरमा सीमामा बस्न चेतावनी दिनुभएको हो ।”
जवाफमा रिमालले लेखे, ‘सीमामा बस्नुस् रबीन्द्र जी ! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ( मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ।’