/लिम्पियाधुरासम्मको भूभाग फिर्ता गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

लिम्पियाधुरासम्मको भूभाग फिर्ता गरेरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेकदेखि लिम्पियाधुरासम्मको भूभाग नक्सामा मात्र नभई  व्यवहारमै नेपालको नाममा कायम गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ  ।

आइतबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उहाले  भारतसँगको सम्बन्धमा पनि मित्रवत् रुपमा व्यापक छलफल गरी आपसी विवाद समाधान गर्न निरन्तर पहल भैरहेको बताउनु भएको हो  ।

उहाले  सरकारसँग स्वाभिमानी र मित्रतापूर्वक वार्ता तथा संवाद गरी नेपाली भूमि फिर्ता गरेरै छाड्ने बताउनुभएको हो  ।

‘अब मित्रताका आधारमा भारतसँग छलफल हुँदैछ । नेपाली भूमि फिर्ता भएरै छाड्छ ।’ उहाँले भन्नु भयो ।