/आज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती

आज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती

आज पृथ्वीनारायण शाहको २९९ औँ जन्म जयन्ती । नेपालमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाईँदै छ ।  आज  पुस २७ लाई राष्ट्रिय एकता दिवसका रुपमा लिने गरिन्छ ।

नेपालमा २०६२\६३ को जनआन्दोलनपछि राष्ट्रिय एकता दिवसको दिनमा दिइँदै आइएको सार्वजनिक विदा कटौटी गरियो। राष्ट्रिय एकता दिवस पनि मनाउन छोडियो। २०७१ सालमा नेपाल सरकारकै तर्फबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवस मनाउँन पुनः सुरु गरियो। त्यसयता सरकारले औपचारिक रुपमै पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवश मनाउँदै आएको छ। २००७ सालको प्रजातन्त्रपछि योगी नरहरीनाथले नेपालमा राष्ट्रपिता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउनु पर्छ भनेर प्रकृया शुरू गरेका थिए।

२००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको रूपमा मनाउन प्रारम्भ गरेका हुन।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै पुर्खाको त्यागको जगमा निर्माण भएको राष्ट्र समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको बताएकी छन्। उनले सन्देशमा आजको दिनले राष्ट्रियता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, स्थिरता र समृद्धिका लागि सम्पूर्ण नेपालीलाई एकै सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास पनि व्यक्त गरेकी छन्।