/२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

२९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ ।

तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई मनाएका छन्  ।

विसं १७७९ पुस २७ गते जन्मिएका तत्कालीन गोरखाका राजा पृथ्वी नारायण शाहले बाइसौँ– चौबीसौँ सङ्ख्यामा रहेका ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल खडा गरेका हुन । एकीकरणपछि राज्य सञ्चालन गर्ने सन्दर्भमा उनले त्यस बेला व्यक्त गरेका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रही आएको छ ।

पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानका रुपमा लिने गरिन्छ । पृथ्वी जयन्तीकै अवसरमा देशका बिभिन्न स्थानमा बिभिन्न समुहले आफ्नै तरिकाले यो जयन्ति मनाए पनि सरकारी तवरबाट यस जयन्तीलाई अपहेलत्व गरिएको हो कि भन्ने आशंका सर्वसाधारणको छ  ।