/आज चन्द्रागिरी हिल्सको आइपीओ भर्ने अन्तिम दिन

आज चन्द्रागिरी हिल्सको आइपीओ भर्ने अन्तिम दिन

चन्द्रागिरी हिल्सको आइपिओ भर्ने म्याद आज मंगलबार  सकिँदै छ ।

शुक्रबारदेखी सर्वसाधारणका लागि निस्कासन भएको १३ लाख ३४ हजार कित्ता आपीईओ भर्ने म्याद आज सकिने भएको  हो ।  आईपीओका लागि हिँजो सोमबारसम्ममा १६ गुणा बढी आवेदन परेको छ । 

आइपीओ निष्काशन गरेका तेस्रो दिन सोमबार ४ बजेसम्म १० लाख ६७ हजार ८९३ जनाले २ करोड १० लाख ५२ हजार सेयर कित्ताको लागि २ अर्ब १० करोड ५२ लाख ३२ हजार रुपैयाँ बराबरको आवेदन परि सकेको छ ।