पोखरा- १५औं संस्करणको म्याराथन आगामी फागुन १ लाई तय गरिएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालले कोभिड-१९ महामारीकै बीच सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तरता दिने भएको हो।
मञ्च अध्यक्ष तेज गुरुङले १५औं संस्करणको म्याराथन आगामी फागुन १ लाई तय गरिएको जानकारी दिएका हुन् । उनले पोखरालाई खेलकुद सहरका रूपमा परिचित गराउन पोखरा म्याराथनले भूमिका खेलेको बताउँदै कोभिड-१९ को कठिन समयमा समेत यसलाई निरन्तरता दिन लागिएको बताए हुन् । दृष्टिविहीन दौड तथा ह्विलचियर दौड फागुन २२ मा, १० किलोमिटर महिला-पुरुष दौड चैत १४ मा र ५ किलोमिटर छात्रछात्रा दौड वैशाख ४ मा हुने आयोजकले जनाएको छ।
यस पटक म्याराथनसँगै महिलाको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने बताइएको छ। प्रतियोगितामा १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्रछात्रा तथा दृष्टिविहीनको दौड र अपांगता भएका व्यक्तिहरूको ह्विलचियर दौडका इभेन्ट हुनेछन्।