/ट्रायलमा अंकको व्यवस्था , ६० नम्बर आए ट्रायल पास

ट्रायलमा अंकको व्यवस्था , ६० नम्बर आए ट्रायल पास

पुष २९, सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको छ । लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको यातायात व्यवस्था विभागले बताएको हो  । 

ट्रायलमा नम्बर दिँदा ६० वा त्योभन्दा बढी अंक ल्याउने व्यक्तिले सवारीसाधन सञ्चालन गर्ने अनुमतिपत्र (लाइसेन्स) लिन योग्य मानिने गरी व्यवस्था परिवर्तन गर्न लागिएको हो । यो संगै कानुनी व्यवस्थालाई संशोधन गरेर ट्रायल परीक्षामा समावेश सबै प्राविधिक पक्षको निश्चित अंकभार दिइनेछ ।

त्यस्तै  सबै अंकभारलाई समेटेर कुल सय पूर्णांक कायम गरिनेछ भने  प्रयोगात्मक परीक्षा दिनेले ट्रायल दिने स्थानमा सबै प्रक्रिया पूरा गरेपछि तोकिएको अंकभारअनुसार नम्बर पाउनेछन् । 

अहिले ट्रायल परीक्षाका सबै व्यवस्थामा कुनै गल्तिविना पास गर्नुपर्ने व्यवस्था रहिआएको  छ तर  यो व्यवस्था पछी भने  ती विभिन्न व्यवस्थालाई  नम्बरिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुन अफ्ठ्यारो पर्ने  छैन ।