डिआर काफ्ले,
पौष २९, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय टिभी च्यानल जी न्युजका दुई टिभी जी न्युज र डब्लूआइओएनलाई दिएको अन्तर्वार्ता चर्चामा आएको छ । एउटै मिडियाबाट सन्चालित यी दुवै टिभी कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनअघि मात्र अन्तर्वार्ता दिएका थिए ।
अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक र लिम्पियाधूरा नेपालको भएको, भारतीय प्रधानमन्त्री र आफू समकक्षी भएको बताएका थिए ।
तर, प्रधानमन्त्री ओलीको अन्तर्वार्ता प्रशारण भएको एक दिन पछि सोहि टिभी च्यानल जी न्यूजमा नेपालीका लागि निकै आपत्तिजनक सामाग्री प्रसारण भएको छ ।
काला पत्थरबाट तयार पारिएको यो रिपोर्टमा जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले प्रष्टसँग भनेका छन्– सगरमाथाको नाम किन भारतीय नाम नराखिएको ? थप उनले भनेका छन, अब सगरमाथाको नाम फेर्नका लागि भारतमा एउटा अभियान चलाइयोस् ।
भारतमै पनि बारम्बार विवादमा आउने र पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदीको काखको भएकाले गोदी मिडिया भनेर चिनिने जी न्यूज र चौधरीले यसपटक सबैभन्दा पहिले बालुवाटारको स्वागत लिएर नेपालको गौरवमाथि नै गिद्दे दृष्टि देखाएका छन् ।
मंगलबार साँझ र बुधबार विहान जी न्यूजमा प्रसारण गरेको टिभी कार्यक्रममा भनेका छन्, ‘एभरेस्टको नाम माउन्ट सिकदर किन नराखिएको ?’ चौधरी र जी न्यूजले यसअघि पनि बारम्बार लिपुलेक र लिम्पियाधूरा भारतकै भएको दाबि गरेको थियो भने नेपाली प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राजदूत होउ यान्छीसँगको प्रेममा परेको जस्ता कपोकल्पित र घिर्णित समाचारहरु प्रशारण गरेको थियो ।
बालुवाटारमा रेड कार्पेटमा न्यानो स्वागत पाएपछि सुरुमा लरक्क पारेर पछी इज्जत र गौरव माथिनै गिद्दे नजर लगाउने भारतीय यो मिडियाको बिरुद्द एक्बद्द भएर नेपाल प्रति राख्दै आएका गिद्दे दृष्टि को भण्डाफोर गर्नु आवस्यक देखिन्छ ।