/प्रदेशभर शाखा विस्तारको तयारीमा युआरएल, नयाँ अध्यक्षमा पन्त

प्रदेशभर शाखा विस्तारको तयारीमा युआरएल, नयाँ अध्यक्षमा पन्त

पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि. (युआरएल) नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । गण्डकी प्रदेशका प्रत्येक जिल्लामा शाखा विस्तारको योजना सहित  पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको युआरएल प्रालि नयाँ व्यवस्थापनबाट संचालनमा आएको हो  ।     

नयाँ व्यवस्थापनको नेतृत्व गर्दै प्रालिको अध्यक्षमा ठाकुरप्रसाद पन्त नियुक्त भएका छन् । नयाँ व्यवस्थापन संगै अन्य ८ जना नयाँ सेयर सदस्यहरु पनि  थप भएका छन् । 

त्यस्तै बिगत २०७० मंसिर २३ गतेबाट सेवा सुरु गरेको युआरएलले प्रधान कार्यालय पोखरासहित तनहुँको दुलेगौंडा, दमौली बाट पनि  सेवा सुरु गरिसकेको छ भने  लमजुङको वेसिशहरबाट पनि छिट्टै सेवा सुरु गरिने बताइएको छ   ।

त्यसैगरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रा.लि.ले गण्डकी प्रदेशलाई रगत जाँच क्षेत्रमा अब्बल बनाउने उद्धेश्यका साथ ७ करोडभन्दा बढी लगानी गरिसकेको छ ।