/झारफुक गरि सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एककाे मृत्यु

झारफुक गरि सन्चाे बनाइदिने भन्दै ताताे फलामले डाम्दा एककाे मृत्यु

बुधबार दिउँसो १२ बजे मुखियालाई झारफुक गरि सञ्चो बनाइदिने बहानामा तातो फलामले शरीरमा डाम्दा एक जनाको ज्यान गएको छ ।

गुल्मी मालिका गाउँपालिका ६ अर्जे स्थायी घर भइ अहिले रेसुङ्गा नगरपालिका १ तीनधारामा भाडामा अस्थायी टहरा बनाइ बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी ३६ वर्षीय श्रीमती शान्तीला श्रेष्ठले मुखियालाई तातो फलामले डामेको अनुसन्धाबाट खुल्न आएको छ ।

मुखियासँगै रहेका ३४ वर्षीय छोरा हुमबहादुर मुखिया र रेसुङ्गा नगरपालिका ५ का पुनबहादुर दमाईकी श्रीमती टोपला दमाई पनि तातो फलामले डाम्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारराज पन्तले जानकारी दिनुभयो  । 

त्यस्तै घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र श्रेष्ठ दम्पती प्रहरीको नियन्त्रणमा रहेको   जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।