/भारतमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई २३ राजनीतिक संगठनको सुझाब

भारतमा रहेका परराष्ट्रमन्त्री ज्ञवालीलाई २३ राजनीतिक संगठनको सुझाब

माघ १, विभिन्न २३ राजनीतिक संगठनले भारतीय टेलिभिजन च्यानल न्यूजका सम्पादक अनधिकृत रुपमा कालापत्थर पुगेर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै भत्र्सना गरेको छ । २३ राजनीतिक संगठनको  कार्यगत एकताका तर्फबाट सिपी गजुरेलले वक्तत्व जारी गरेर सुझाब दिँदै मन्त्रीस्तरीय बैठकमा महत्वका साथ राख्न आग्रह गरेका छन् ।

देशको अपमानित गर्ने व्यक्तिलाई उपयुक्त कारवाही चलाउन परराष्ट्र मन्त्रालयमार्फत् पहल गर्ने काम अविलम्ब अघि बढाउन संगठनले सरकारसँग जोडदार माग गरेको छ ।

नेपाल र भारतका बीचमा भएको सन् १९५० को असमान सन्धि खारेज गराउने प्रस्ताव प्रस्तुत गर्न, कोभिड–१९ को खोपबारे सबै विषय टुंग्याएर आवश्यक मात्रामा भारतबाट खोप ल्याउने व्यवस्था गर्न, सुस्ता, महेशपुरलगायतका अतिक्रमित नेपाली भूभाग फिर्ता गर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ ।