/आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु

आजदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु

माघ २,  आज शुक्रबारदेखि प्रधानमन्त्री कप अन्तर्गत एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु हुँदै छ ।  पीएम कप गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आजदेखि आगामी १७ गते सम्म संचलान हुने गरि पुरुषको प्रतियोगिता गर्न लागेको हो ।

कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानसँगै मूलपानी क्रिकेट मैदानमा पनि हुने प्रतियोगिता आउँदाे माघ १७ गतेसम्म चल्नेछ । क्यानले प्रतियोगितामा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिसकेको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेश रहेका छन् भने समूह ‘बी’ मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश २ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

कीर्तिपुरमा स्थित  त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।