/चमेरे गुफा संरक्षण समाजद्वारा ७औ  गोरुजुधाई महोत्सव सम्पन्न, प्रमुख अतिथि खतिवडाको दुइ लाख सहयोग

चमेरे गुफा संरक्षण समाजद्वारा ७औ  गोरुजुधाई महोत्सव सम्पन्न, प्रमुख अतिथि खतिवडाको दुइ लाख सहयोग

चमेरे गुफा संरक्षण समाज  निलकण्ठ ५ को ७औ  गोरुजुधाई महोत्सव तथा बिबिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।  कोभिड १९ को जोखिमका बाबजुत पनि सुरक्षाका मापदण्ड अपनाई कार्यक्रम सम्पन्न भएको हो । 

कोरोना कहरका बाबजुत पनि  स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रम समाजसेवी तथा युवा व्यवसायी  युवराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । 

कार्यक्रममा बिशाल श्रेष्ठले प्रतिनिधित्व  गरेको समुहले प्रथम स्थान हाँसिल गरेको छ । बिजेतालाई नगद पुरस्कार प्रदान गरिएको थियो भने कार्यक्रमका प्रमुख अतिथि खतिवडाले पनि बिभिन्न सहभागी समुहलाई नगद प्रदान गर्नुभएको थियो । 

DCIM100GOPROGOPR9361.JPG

त्यस्तै संस्थाका अध्यक्षको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि खतिवडाले १ लाख ५१ हजार नगद सहयोग गर्नुभएको थियो ।  त्यसैगरि धादिङ्ग बासीलाई  सुखी र खुसि बनाउनका निमित्त पहल गरिने प्रतिबद्दता गर्दै खतिवडाले  कार्यक्रममा सहभागी सम्पूर्ण किसानहरुलाई प्रतिव्यक्ति २/२ हजार प्रदान गर्नुभएको थियो । 

\

DCIM100GOPROGOPR9372.JPG

आर्थिक नगद सहित पन्चकन्य मावि लाइ  बिद्यालयमा दुइ सेट कम्प्युटर समेत सहयोग गरेका खतिवडाले आउदा दिनहरुमा अझै सहयोग गर्दै जाने प्रतिबद्दता समेत व्यक्त गर्नुभएको थियो । 

त्यस्तै उहाँले महेन्द्रदय कालिका माबी मा बिगत केहि वर्ष अगाडी देखि बिधालायालाई एकजना  कम्प्युटर शिक्षक समेत आफ्नै आय स्रोतबाट उपलब्ध गराउदै आउनुभएको  छ ।