/नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति

नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति

माघ २, नेपालले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड नामक कोभिड भ्याक्सिनलाई नेपालमा आपतकालिन रुपमा प्रयोगका लागि अनुमति दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इण्डियाद्वारा उत्पादित खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले जानकारी दिए। 

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो। भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।