/नयाँ चलचित्रको घोषणा गरेकी कंगनालाइ चोरीको आरोप

नयाँ चलचित्रको घोषणा गरेकी कंगनालाइ चोरीको आरोप

पछिल्लो समय नयाँ चलचित्रको घोषणा गरेकी कंगनाले फिल्मको कथा चोरेको आरोप लागेको छ । ‘मर्णिकर्णिका रिटर्न–द लेजेन्ड अफ दिद्दा’ नामक फिल्मको घोषणा गरेकी उनीमाथि यही फिल्मको कथा चोरीको आरोप लागेको हो ।

कंगना रनौतको अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि घण्टा अगाडि मात्रै विवादमा आएको छ ।आशिष कौलले एक अन्तर्वार्तामा कंगनाले आफ्नो कहानी चोरी गरेको बताएका हुन् । कौलले अन्तर्वार्ताका क्रममा आफूमाथि भएको शोषणको लडाइ चलिरहेको बताएका छन् ।

कंगना रनौतको अपकमिङ फिल्म ‘मणिकर्णिका रिटन्र्सः द लीजेण्ड अफ दिद्दा’ अनाउन्समेण्टको केहि समय अगाडि मात्रै विवादमा आएको बताइएको छ । 

दिद्दाको बायोग्राफी लेख्ने अथर आशीष कौलले कंगनामाथि उनको कहानी चोरेको आरोप लगाएका हुन् । एजेन्सी