/बागमतीले पुलिसविरुद्ध पहिला बलिङ गर्दै

बागमतीले पुलिसविरुद्ध पहिला बलिङ गर्दै

टियु क्रिकेट मैदानमा बागमतीका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन्  ।

बागमतीले विपिन आचार्य, गौतम केसी र विभत्सु थापालाई बेन्चमा राखेको छ । पुलिसले दीलिप नाथ, योगेन्द्रसिंह कार्की र प्रेम तामाङलाई बेन्चमा राखेको छ । दुबै टोली पहिलो खेल खेल्दै छन् ।

 मन्जित श्रेष्ठ (कप्तान) , कुशल भुर्तेल, अनिल शाह, अमित श्रेष्ठ, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, सुनिल धमला, सागर ढकाल, ललित नारायण राजवंशी, राशिद खान र पवन सरार्फ पुलिसको प्लेइङ ११ तर्फ रहेका छन् ।

त्यस्तै   ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, पृथु बास्कोटा, ईशान पान्डे, रामनरेश गिरी, दीपेश श्रेष्ठ, आकाश थापा, आदिल खान, अरियो पौडेल, तिलकराज भण्डारी र नन्दन यादव बागमतीको प्लेइङ ११ तर्फ रहेका छन् । हाम्रो खेलकुद