माघ ४, निर्वाचन आयोगले वैशाखमा हुने भनिएको चुनावको कार्यकलाप अगाडी बढाउन राजनीतिक दलहरु संग छलफल थालेको छ।
आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व भएका दललाई आइतवार आयोगको कार्यालयमा बोलाएर छलफल सुरु गरेको हो । प्रधानमन्त्री केपी ओलीले संसद पुस ५ मा संसद विघटन गरेर वैशाखका लागि निर्वाचनको मिति तोकेका थिए ।
नेकपाको नाम र चुनाव चिन्हको सम्बन्धमा पनि हाल निर्वाचन आयोगमा बहस चलिरहेको छ।