/बार्सिलोना सुपर कपमा पराजित, मेसीलाई रातो कार्ड

बार्सिलोना सुपर कपमा पराजित, मेसीलाई रातो कार्ड

माघ ५, बार्सिलोना स्पेनिस सुपर कपको उपाधि जित्न असफल भएको छ । एथ्लेटिको बिल्बाओले बार्सिलोनालाई ३–२ ले पराजित गरेको हो । 

आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिको बिल्बाओले स्पेनिस सुपर कपको उपाधि जितेको छ । ३० मिनेट अतिरिक्त समय थपिएपछि लगतै ९३औँ मिनेटमा बिल्बाओका लागि इलाकी विलियम्सले गोल गरी बार्सिलोनालाई पछि पारे ।  त्यसपछि बाँकी समयमा बार्सिलोना खेलमा फर्किन सकेन। 

सेभिल्लाको मैदानमा भएको खेलमा ४०औं मिनेटमा एन्टोनि ग्रिजम्यानको  गोलबाट  बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । लगतै ४२औँ मिनेटमा बिल्बाओका लागि ओस्कार डी मार्कोसले बराबरी गोल गरे । त्यसपछि ७७औं मिनेटमा ग्रिजम्यानले अर्काे गोल गरी पुनः टोलीलाई  अग्रता दिलाए । तर खेल सकिनै लाग्दा बिल्बाओका आसिएर भिल्लालिब्रेले गोल गर्दा खेल बराबरी भएर अतिरिक्त समयमा धकेलिएको थियो।

खेलको अन्तिमतिर १२०औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाए । 

बार्सिलोनाबाट ७५३औँ खेल खेल्दा मेसीले सिधै रातो कार्ड पाएको यो पटक हो । १२०औँ मिनेटमा बिल्बाओका गोलरक्षक भिल्लालिब्रेसँग मेस्सीको विवाद हु्ँदा उनले रातो कार्ड पाएका हुन् । एजेन्सी