/विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण  गरेरै छाड्ने मन्त्रि लम्सालको प्रतिबद्दता

विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण  गरेरै छाड्ने मन्त्रि लम्सालको प्रतिबद्दता

माघ ५, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले विभिन्न नाममा हुने गरेका मूल्यवृद्धि नियन्त्रण  गरेरै छाड्ने   बताउनु भएको छ । गण्डकी प्रदेशसभाको विशेष बैठकमा उठेका प्रश्नको जवाफ दिदै उहाँले मूल्य बृद्दी रोक्न  प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो ।

उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक तथा टोली संयोजक नारायण आचार्यका अनुसार पोखरा महानगरपालिका–५ मालेपाटनस्थित आदर्श स्टोर्स, नारायणी आयत रिफाइन उद्योग र नमस्ते हाइवयर एन्ड सप्लायर्स र पोखरा–८ स्थित केएल, दुगर्ड ग्रुपको वितरण केन्द्रको अनुगमन गरिएको थियो ।

आवश्यकताअनुसार अनुगमलाई तीव्रता दिँदै आएको उल्लेख गर्दै उहाँले  अनुगमनका क्रममा नापतौलको प्रमाणपत्र प्रयोगशालामा नपाइएको र अनुमति नलीईकन ८० किलोको यन्त्र प्रयोगस्थलमा पाइएकाले उनीहरुलाई  तीन दिनभित्र सामग्रीसहित सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको उहाँले बताउनु भएको  छ ।