माघ ५, सरकारले बिजुलीको डिमान्ड शुल्कमा छुट दिने भएको छ । कोरोनाका कारण समस्यामा परेका उद्योग तथा व्यवसायले प्रयोग गर्दै आएको बिजुलीको डिमान्ड शुल्कमा सरकारले आज बाट छुट दिने भएको हो ।
व्यवसायीको आग्रहअनुसार आजदेखि शुल्कमा छुट दिन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । लामो समयदेखि व्यवसायीले डिमान्ड शुल्कमा छुट दिन आग्रह गर्दै आएका थिए ।
अर्थ मन्त्रालयले विज्ञप्तिमा निकालेर कोभिड–१९ का कारण प्रभावित उत्पादनमूलक उद्योगहरुको लकडाउन अवधिभरको विद्युत डिमान्ड शुल्क छुट दिने बताएको हो । औद्योगिक व्यवसाय नियमावली, २०७६ मा उल्लेखित ५८ प्रकारका उद्योगलाई लाइ छुट दिइने अर्थमन्त्रालयले जनाएको छ ।