तनहुँ बसपर्कस्थित सडकमा ट्रकको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–२,स्थित सडकमा ना४ख ५२०७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो।
आँबुखैरेनी गाउँपालिका–४, खश्राङवेसी घर भई चितवनको भरतपुर महानगरपालिका क्षेत्रपुर बस्ने २४ वर्षीय रोमन आलेको सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र चालक प्रहरीले नियन्त्रणमा छन्।