/बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना संक्रमण पुष्टि

बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना संक्रमण पुष्टि

बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी.१.१.७) कोरोना भाइरस पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार २८ वर्षीया महिला, ६७ वर्षीय पुरुष र ३२ वर्षीय पुरुषमा यो नयाँ प्रकारको कोरोना पुष्टि भएको हो । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष हाल पीसीआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको मन्त्रालयले जनाएको छ ।

 केही दिनअघि बेलायतबाट आएकाहरुलाई सम्पर्कमा  राखेर फर्किएकाहरु मध्ये ६ वटा नमुनामध्ये ३ जनामा संक्रमण पुष्टि भएको हो ।

केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो ।