/हेली र छोरा कुमार गुरुङद्वारा पितृको बार्षिक पुण्य तिथिमा आनी गुम्बा र मानव सेवा आश्रामलाइ सहयोग

हेली र छोरा कुमार गुरुङद्वारा पितृको बार्षिक पुण्य तिथिमा आनी गुम्बा र मानव सेवा आश्रामलाइ सहयोग

पोखरा १७ निवासी हेली गुरुङले  आफ्नो आफ्ना श्रीमानको  बार्षिक पुण्य तिथिको अवसर पारि  आनी गुम्बालाइ  आर्थिक सहयोग प्रदान गर्नुभएको छ । 

हेली संगै उहाँका छोरा कुमार गुरुङले सोहि अवसर पारि मानव सेवा आश्राम छोरेपाटनलाइ आर्थिक सहयोग संगै संस्थालाई खाधन्न सहयोग समेत प्रदान गर्नुभएको छ  । 

आफ्नो यो सु-अवसर पारि गरिएको सहयोगले पित्रिहरुको उद्दार हुने विश्वास व्यक्त गर्दै गुरुङले यसरि सहयोग गर्न पाउँदा आफुलाई खुसि मिलेको बताउनुभयो । त्यस्तै   यी र यस्तै सहयोगहरु गुम्बा र आश्रम जस्ता पवित्र संस्थाहरुको लागि अपरिहार्य रहेको  बताउदै उहाले आगामी दिनहरुमा पनि आफुले सकेको सहयोग गर्दै जाने प्रतिबद्दता समेत व्यक्त गर्नुभयो ।