/पेट्रोलियम पदार्थमा मूल्य बृद्दी

पेट्रोलियम पदार्थमा मूल्य बृद्दी

माघ ६, साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।

निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य अहिलेलाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात् पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।