/भारतमा खोप लगाएका केहीमा साइडइफेक्ट, दुई जनाको मृत्यु

भारतमा खोप लगाएका केहीमा साइडइफेक्ट, दुई जनाको मृत्यु

एजेन्सी- भारतमा कोरोनाविरुद्धको खोप लगाएका ५८० जनामा साइडइफेक्ट देखिएको छ भने सात जनाको अवस्था गम्भीर भएपछि अस्पताल भर्ना गरिएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार शनिबार खोप अभियान सुरू भएयता दुई जनाको मृत्यु भएको छ ।

शनिबार कर्नाटक राज्यमा कोरोना खोप लगाएका ४३ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । उत्तर प्रदेशको मुरादाबादमा पनि कोरोना खोप लगाएका ५२ वर्षीय व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा  ३ लाख ८१ हजार जनाले खोप लगाइसकेको छन् ।