काठमाडौंबाट काँकडभिट्टातर्फ गइरहेको ना ७ ख २१११ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना ६ ख ४२८१ नम्बरको ट्रक एकापसमा ठोकिदा एक जनाको मृत्यु भएको छ । घाइते भएका बसका चालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
राति ११ बजे भएको दुरघटनामा परि ट्रकका सहचालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३ का सुनिलकुमार साह र बसका सहचालक रौतहट चपुर–४ बस्ने विनोद शर्मा घाइते हुनुभएको छ । उनीहरुले पुरानो मेडिकल कलेज चितवनमा उपचार भैरहेको छ ।
दुरघटना सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।