/आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना- Weather

आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना- Weather


माघ ७, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका अधिकांश स्थानमा हुस्सु र उच्च हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ। हाल प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ साथै देशका पहाडी भूभागका केहि स्थानहरुमा र तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुईरो लागि रहेको महाशाखाले जनाएको छ।

 

बुधबार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागका एक वा दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहीबार प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। 

शुक्रबार दिउँसो प्रदेश नं १, बागमती, लुम्बिनी, सुदुरपश्चिम र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

 नेपालको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।