/बेलायतमा मंगलवार कोरोनाका कारण अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको मृत्यु

बेलायतमा मंगलवार कोरोनाका कारण अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको मृत्यु

एजेन्सी ,   बेलायतमा मंगलवार कोरोना भाइरसका कारण अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

बेलायतमा मंगलवार कोरोनाका कारण एकैदिनमा १६ सय १० जनाको मृत्यु भएको हो । यो संख्या बेलायतमा एकैदिनमा कोरोनाका कारण निधन हुनेहरुमा सबैभन्दा धेरै हो । यो भन्दा पहिला १३ जनवरीमा १५६४ जनाको मृत्यु भएको थियो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसका कारण ९१ हजार ४७० जनाको मृत्यु भएको छ भने ३४ लाख ६६ हजार ८४९ जनालाई कोरोना संक्रमण भएको छ ।