/प्रधानमन्त्री कपमा पुलिसले हात पार्‍यो पहिलो जित

प्रधानमन्त्री कपमा पुलिसले हात पार्‍यो पहिलो जित

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै पुलिसले पहिलो जित हात पारेको  छ ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो ।

पुलिसको जितमा सुनिल धमलाले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुशल भुर्तेलले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।