/प्रधानन्यायाधीशको प्रश्न : ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् ?

प्रधानन्यायाधीशको प्रश्न : ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् ?

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नेपालमा ५ वर्षमा कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि संवैधानिक इजलासमा बहसका क्रममा राणाले अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीको बहस सुनेपछि यस्तो यस्तो प्रश्न गर्नुभएको हो।

कति वटा प्रधानमन्त्री बन्न सक्छन् भनेर सोधिएको प्रश्नमा ज्ञवालीले संविधानमा स्पष्ट नखुलाइएको बताएका थिए ।

बहसका क्रममा अधिवक्ता ज्ञवालीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार प्रधानमन्त्रीले संसद विघटन गर्नै नपाइने तर्क गरेका थिए ।