/स्याङ्गजाका १ सहित आज पोखरामा दुइ संक्रमितको मृत्यु

स्याङ्गजाका १ सहित आज पोखरामा दुइ संक्रमितको मृत्यु

 बुधबार  गण्डकी प्रदेश पोखरामा कोरोना संक्रमणबाट दुइ जनाले ज्यान गुमाएका छन् ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दुइ महिलाले ज्यान गुमाएका हुन्  । 

पोखरा महानगरपालिकाको वडा नं २९ की ३५ वर्षीय महिला र स्याङ्जाकी ७० वर्षीय महिलाको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ ।

स्याङ्जाको बिरुवा गाँउपालिका वडा नं ५ की ७० वर्षीय महिलामा मंगलबार मात्र कोरोना संक्रमणको पुष्टि भएको थियो । उनमा कोभिडसंगै  निमोनियाको समस्या समेत रहेको प्रतिष्ठानले बताएको छ । त्यस्तै प्रतिष्ठानका अनुसार  पोखराकी ३५ वर्षीय महिलामा पुष २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोभिड संगै  निमोनिया र हेपाटाइटिसको समस्या रहेको थियो ।

यो संगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०२ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद बिन्दु शर्माले बताएका छन् ।