/ट्रम्पले छाडे ह्वाइट हाउस, हेलीमा यसरि बाहिरिए

ट्रम्पले छाडे ह्वाइट हाउस, हेलीमा यसरि बाहिरिए

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाडेका छन् । उनी बुधबार साँझ आफ्नो निवास फ्लोरिडा सरेका हुन् । गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेट उम्मेदवार जो बाइडेनसँग पराजित भएका ट्रम्पले चुनावी परिणाम उल्ट्याउने असफल प्रयास गरेका थिए । तर, उनको प्रयास सफल नभएपछि उनी बुधबार ह्वाइटहाउस छाड्न बाध्य भएका हुन्  । 

जो बाइडेनले बुधबार नै राष्ट्रपतिको शपथ ग्रहण गर्दैछन् । ट्रम्प ह्वाइटहाउसबाट बाहिरिएको भिडियो अमेरिकी सञ्चार माध्यमहरुले सार्वजनिक गरेका छन् । श्रीमती मेलेनिया ट्रम्पसँगै डोनाल्डले ह्वाइटहाउसबाट अमेरिकी सेनाको हेलिकोप्टरबाट फ्लोरिडाका लागि उडान भरेका छन् ।

 बिदाइ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सम्पूर्ण पक्ष र अमेरिकी नागरिकलाई धन्यवाद दिदै  आफू कुनै न कुनै रुपमा फेरि जनतामा फर्किने संकेत समेत गरे । 

उनले भने, ‘कुनै न कुनै रुपमा म तपाईँहरूको बीच फर्किनेछु ।’