/आज प्रधानमन्त्री कप अन्तर्गत दुई खेल हुँदै

आज प्रधानमन्त्री कप अन्तर्गत दुई खेल हुँदै

माघ ८, प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज बिहिबार बिहान ९ बजे हुने खेलमा  एपीएफ  र गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब खेल्दै छन् ।

 लुम्बिनी र नेपाल पुलिस क्लबको खेल कीर्तिपुर मैदानमा हुने छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुने छन्  । अहिलेसम्म एक खेल खेलेको लुम्बिनीले पहिलो खेलमा जित दर्ता गरेको छ भने दुई खेल खेलेको पुलिस क्लबले एकमा जित र एकमा हार ब्यहोरेको छ । 

यस्तै, मूलपानी क्रिकेट मैदानमा एपीएफ क्लब र गण्डकी प्रदेश खेल्ने छन् ।