पोखरा | पोखरा लेकसाइड स्थित एक होटलमा शुक्रबार बिहान एक युवक मृत भेटिएका छन् । पोखरा-१८ सेदीफाँट स्थित होटल चारकोलमा पोखराका ४३ वर्षीय ईश्वर गुरुङ मृत भेटिएका हुन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजकुमार थिङका अनुसार बिहीबार राति होटलमा सुतेका गुरुङ शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालक गएर हेर्दा कोठामा मृत भेटिएका हुन् ।
घटना कसरि घट्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।