/पोखरामा नेकपा नेत्र विक्रम चन्द विप्लब समूहले गरेको नेपाल बन्दको आंशिक प्रभाव

पोखरामा नेकपा नेत्र विक्रम चन्द विप्लब समूहले गरेको नेपाल बन्दको आंशिक प्रभाव

आज पोखरामा  नेकपा नेत्र विक्रम चन्द विप्लब समूहले गरेको नेपाल बन्दको आंशिक प्रभाव परेको छ । 

आंशिक रुपमा निजि सवारी साधान , कुटनीतिक नियोगका सवारी त्यसैगरी निर्माण व्यवासायी , खानेपानी लगायतका सवारी निर्वाद रुपमा रुपमा संचालनमा आएका छन्  ।

विप्लव समूहले केन्द्रीय सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलालगायतका बन्दीमा रहेका नेता कार्यकर्ता रिहाइको माग गर्दै बन्द आह्वान गरेको हो। 

बन्दका कारण यस क्षेत्रमा लामो दुरीका सवारी साधन चलेका छैनन्। जसका कारण यात्रुहरू मर्कामा परेका छन्। 

छोटो दुरीका सवारी साधन भने चलेका छन्। प्रदेशका राजमार्गहरूमा लामो दुरीको गाडी नचलेको गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।