/यूरोपका विभिन्न मुलुकमा कोरोना खोपको अभावमा खोप अभियान स्थगित

यूरोपका विभिन्न मुलुकमा कोरोना खोपको अभावमा खोप अभियान स्थगित

एजेन्सी, यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ ।

 

युरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अनुसार आपूर्ति नगरेपछि खोप कार्यक्रम प्रभावित भएको हो । अक्सफोर्डसँगको सहकार्यमा खोप विकास गरेको एस्ट्राजेनिकाको खोपलाई हालसम्म ईयूको नियामक निकायले स्वीकृत गरिसकेको छैन ।

संक्रमितको संख्या उकालो लागिरहेका बेला अस्थायी रूपमा खोपको आपूर्ति घटाउँदा खोप अभियान प्रभावित भएको छ । यसै कारण जर्मनीको सबैभन्दा धेरै जनसंख्या भएको राज्य र इटालीका कयौँ क्षेत्रमा खोपको पहिलो मात्रा दिने काम नै रोकिएको छ ।

म्यड्रिडमा स्वास्थ्यकर्मीलाई खोप दिन समेत बन्द गरिएको छ ।