/पुन पोखरा १५ मा जमिन भासिन थाले संगै ४ परिवारलाई अन्यत्र सारियो

पुन पोखरा १५ मा जमिन भासिन थाले संगै ४ परिवारलाई अन्यत्र सारियो

पोखरा महानगरपालिका–१५ अमिनतारमा जमिन भासिन थालेको छ ।

जमिन भासिन थालेपछि स्थानीयहरु त्रसित बनेका छन् । एक्कासी जमिन भासिन थालेपछि ४ घर परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको पोखरा १५ का वडा अध्यक्ष प्रकाश पौडेलले बताउनु भयो।
जमिन भासिए संगै दुइ घरमा पूर्ण क्षति पुगेको पनि अध्यक्ष पौडेलले बताउनु भयो। भासिएको जमिन नजिकै रहेका बाँकी दुइ घर लाइ पनि सुरक्षित स्थानमा सारिएको छ।