/सरस्वति आधारभूत विधालय आग्रिखर्क स्याङ्गजाको ५२ वार्षिकोत्सव सम्पन्न

सरस्वति आधारभूत विधालय आग्रिखर्क स्याङ्गजाको ५२ वार्षिकोत्सव सम्पन्न

डिआर काफ्ले,

स्याङ्गजा अर्जुन चौपारी आग्रिखर्क स्थित सरस्वती आधारभूत विधालयले आफ्नो ५२ औं बार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कोभिड १९ को बाबजुत पनि पूर्ण सुरक्षाका मापदण्ड अपनाएर वार्षिकोत्सव सम्पन्न गरेको विधालयका प्राचार्य ओम बहादुर गुरुङले बताउनुभयो । 

विधालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद काफ्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा शिशु स्याहार देखि कक्षा ८ सम्मका प्रथम,द्दितीय र तृतीय स्थान प्राप्त गर्ने विधार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विभिन्न विधामा उत्कृष्ट हुने विधार्थीहरुलाई सम्मान समेत गरिएको प्राचार्य गुरुङले बताउनुभयो । 

 

कार्यक्रम शिक्षा प्रमुख ख्यामनारयण काफ्लेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै उहाँले विधालयको प्रगतिको कामना गर्दै सरस्वति आधारभूत बिधालय अर्जुनचौपारि गा.पा.कै नमुना बिधालय भएको बताउदै गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो । 

कार्यक्रममा विधालयका प्रचार्य ओम गुरुङले  २०७६/०७७ काे आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै रु ३५ लाख बराबरकाे आय ब्यय विवरण सुनाउनु भएको थियो भने कार्यक्रमको संचालन विधालयका शिक्षक नबिन काफ्लेले गर्नुभएको थियो ।

स्याङ्गजाको पश्चिमी भूभागमा पर्ने यस बिधालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका बिभिन्न जनशक्ति उत्पादन गरिसकेको छ ।