/गण्डकीका ११ जिल्लाका लागि ३९ हजार डोज कोरोना भ्याक्सिन

गण्डकीका ११ जिल्लाका लागि ३९ हजार डोज कोरोना भ्याक्सिन

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि गण्डकी प्रदेशका जिल्लाहरूमा सोमबारदेखि भ्याक्सिन वितरणको काम सुरु भएको छ। भारत बाट काठमान्डौ आएको खोप आज गण्डकी प्रदेश आइपुगेपछि गण्डकीका जिल्लाहरूमा सोमबारदेखि भ्याक्सिन वितरणको काम सुरु भएको हो। 

प्रदेशका लागि कुल ३९ हजार १ सय ३९ डोज खोप प्राप्त भएको छ। जसबाट स्याङ्जामा ३ हजार ४ सय २१, मुस्ताङमा ४ सय ८६, मनाङमा ४ सय ५७, नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा  २ हजार ३ सय ३५, लमजुङमा ३ हजार ५ सय १२, बागलुङमा ३ हजार ९ सय २९, गोरखामा ४ हजार १४, कास्कीमा  १२ हजार ५ सय ९०, म्याग्दी १ हजार ८ सय ७१, पर्वतमा २ हजार ७ सय ५१ र तनहुँमा ३ हजार ७ सय ७२ डोज खोप पठाउन लागिएको छ। 

सुरुको चरणमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, स्वयंसेविका, शव व्यवस्थापन मा खटाइएका कर्मचारीहरुलाई खोप लगाइने जनाइएको छ । त्यसैगरी अबको एक महिनापछि दोस्रो चरणमा बाँकी रहेका ५० प्रतिशत खोप पुनः तोकिएका जिल्लामा पठाइने भएको छ।

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा बिनोद बिन्दु शर्माका अनुसार प्रदेशभर १० जनालाई खोप लगाउन तालिम दिइएको छ।

भारत सरकारले दिएको कोभिसिल्ड खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको बताइएको छ।