/भारत र चीनबीच सीमा क्षेत्रमा पुनः भिडन्त

भारत र चीनबीच सीमा क्षेत्रमा पुनः भिडन्त

माघ १२ गते । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा पुनः भिडन्त भएको भारतीय सञ्चार माध्यमलाई उध्दृत गर्दै बीबीसीले जनाएको छ ।

सो भिडन्त तीन दिन अघि उत्तरी सिक्किम क्षेत्रमा भएको समाचारमा उल्लेख छ । पछिल्लाे भिडन्त उत्तरी सिक्किमका नाखुलापास क्षेत्रमा भएका जनाइएकाे छ ।

चिनियाँ सेनाले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खाेजेपछि बल पूर्वक फिर्ता पठाइएकाे समाचारमा जनाइएकाे छ । 

दुई देशबीच सीमा विवादका विषयमा विगतमा पनि भिडन्त हुने गरेका र विगतमा लद्दागतको गलवाल उपत्यकामा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।