/पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि ,थप ४०१ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना पुष्टि ,थप ४०१ जना कोरोना मुक्त

माघ १२ , आज नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २४० रहेको छ ।
पछिल्लो २४ घण्टामा थप ४०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार ५३८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।