माघ १३, बाग्लुङमा पुन हात्तीपाइले रोगका बिरामी भेटिएका छन् ।पछिल्लो क्रममा हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नु भन्दा अगाडिनै बाग्लुङको बलेवामा रहेकाे नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको हाे ।
हात्तीपाइले रोग निवारणका लागि गरिएको नमुना परीक्षणमा नारायणस्थानमा आठ र जैमिनीको कुश्मिशेरामा दुई जनामा हात्तीपाइलेको जीवाणु फेला परेको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
हात्तीपाइले रोगबाट बच्न सामान्यतया लगातार छ पटक हात्तीपाइले रोग विरुद्धको औषधि खानुपर्छ तर बाग्लुङमा १३ औँ पटकसम्म अभियान चलाउनपर्ने भएको हो ।
नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भए पनि बाग्लुङ जिल्लासहित नेपालका सात जिल्लामा अहिलेसम्म हात्तीपाइले रोग निवारण हुन सकिरहेको छैन ।