/राष्ट्रिय महिला फुटबल लिग: स्याङ्जाको वालिङ र नेपाल पुलिस क्लब बराबरीमा

राष्ट्रिय महिला फुटबल लिग: स्याङ्जाको वालिङ र नेपाल पुलिस क्लब बराबरीमा

माघ १३ , राष्ट्रिय महिला फुटबल लिगमा विभागीय टाेली नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका  दुवै टोलीले खेलको दोस्रो हाफमा गोल गरेर   बराबरी खेलेका छन् ।

खेलको ५२ औँ मिनेटमा वालिङका मिठु एलायबले गोल गरिन् भने खेलको ६५ औँ मिनेटमा रेखा पौडेलले पुलिसका लागि बराबरी गोल गर्न सफल भइन  । 

बराबरीसँगै पुलिसले तीन खेलमा पाँच अङ्क जोडेको छ भने  वालिङले तीन खेलमा दुई अङ्क जोडे जोड्न सफल भएको छ ।