/मनाङ्गमा पनि पुग्यो कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप

मनाङ्गमा पनि पुग्यो कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप

कोभिड–१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप मनाङ्गमा आइपुगेको छ । 

१४ गते सदरमुकाम स्थित जिल्ला अस्पतालमा औपचारिक समारोह बिच खोप हस्तान्तरण गरि उक्त खोप २ सय ८ जनालाई दुई चरणमा लगाउन पुग्ने सम्पुर्ण आवश्यक तयारी पूरा भएको जानकारी जिल्ला स्वास्थ्य कार्यालय मनाङ्गका प्रमुख बद्री आचर्यले बताउनुभयो । स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट २३ भायल खोप प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ट  कविराज निरिक्षक नवीन किरण भुसालले जिल्लामा हस्तान्तरण गर्ने गरि मनाङ्ग पुग्नुभएको हो ।

गण्डकी प्रदेश सरकारलाई प्राप्त भएको कोभिड – १९ विरुद्धको खोप तत्काल जिल्ला जिल्लामा पुर्याउने कार्ययोजना रहेको पनि जिल्ला अस्पताल मनाङ्ग का मेडिकल अफिसर डा संतोष अधिकारीले बताउनु भयो ।  

कोरोना नियन्त्रणका लागि फ्रन्टलाइनमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप दिइने गरि सम्पुर्ण तयारी पूरा भएको जिल्ला अस्पताल मनाङ्ग का मे. सु. डा. प्रतिभा गौलीले जनाउनु भएको छ ।

जिल्लामा सन्चालन हुने कोभिड-१९ विरुद्धको खोप कार्यक्रमले कोभिड विरुद्धको लडाइमा अग्र मोर्चाका सम्पुर्ण जिम्मेवार ब्याक्तीहरु उत्साहित भएको जिल्ला स्वास्थ्य कार्यालयका सुदिप कडेलले बताउनुभयो । 

अक्सफोर्ड–एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको हो ।