माघ १३, पोखरामा घरको छतमा टिक-टक बनाउने क्रममा लडेर एक बालिकाको ज्यान गएको छ ।
माघ ११ गते पोखरा महानगरपालिका १४ मनकामनाटोल बस्ने ८ बर्षिय बालिका प्रनिषा बाँनियाको घरको छतमा बसी टिक-टक बनाउने क्रममा लडेर मृत्यु भएको हो ।
उनि घरको छतबाट टिक-टक बनाउने क्रममा अचानक लड्न जाँदा गम्भीर घाईते भएकी थिइन् ।
उपचारको लागि पार्कल्याण्ड अस्पतालमा लगिएकी बालिकालाई अस्पतालले मृत घोषणा गरेको थियो ।