पोखरा , बिरौटा बालोदय चोकबाट पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको छ । शनिबार ११ बजे राती पार्किङ गरेर राखेका गोबिन्द अधिकारीको मोटरसाइकल राखेकै ठाउबाट चोरी भएको हो ।
बा ८० प ५६४८ नम्बर प्लेटको यामाहा एफ जेट मोटरसाइकल पार्किङ गरेकै ठाउबाट हराएको पिडित अधिकारीले रिपोर्टर्स सेभेनलाई बताएका छन् ।
मोटरसाइकल हराएपछि तत्कालै प्रहरीलाई खबर गरेपनि अहिले सम्म कुनै पनि जानकारी नपाएको अधिकारीले बताए ।