/बिदेशमै भएपनि निशुल्क कोरोना खोप लगाएँ, तपाइँ सबैलाई लगाउन अनुरोध

बिदेशमै भएपनि निशुल्क कोरोना खोप लगाएँ, तपाइँ सबैलाई लगाउन अनुरोध

कोरोना महामारीले विश्वलाई आक्रान्त पारिरहेको बेला नेपालमा आज माघ १४ गतेदेखि कोभिड १९ विरुद्धको खोप लगाउन सुरु गरिएको छ । आफ्नो देशमा पनि खोप लगाउन सुरु गरियो भन्ने खबर सुन्दा खुसि लागेको छ। यो मेरो मात्र खुसि नभएर पक्कै पनि सारा नेपालीकै लागि खुसीको कुरा हो।
सुरुसुरुमा लौ कोरोनाको खोप आयो रे भन्ने समाचार सुन्दा निकै खुसि लाग्नु स्वाभाविक पनि थियो। कोरोनाका कारण बिदेशमा दुख पाएका नेपाली दाजुभाइ दिदि बहिनिहरुलाई देख्दा कोरोना खोप आउदा हामि जो सुकै पनि खुसि नहुने कुरै भएन।
विश्वका विभिन्न देशमा कोरोना बिरुद्दको खोप लगाउदा साइड इफेक्ट देखियो भन्दा कताकता मनमा त्रास पनि पैदा भयो। तर सम्बन्धित डाक्टरहरु संग बुझ्दा त्यो डर केहि हद सम्म कम पनि भएर आयो।
मैले काम गर्ने अबुदाबिको कम्पनीबाट पनि निशुल्क कोरोना बिरुद्दको खोप लगाइदिने भनेर खबर प्राप्त भयो। खबर सुन्दा मनमा साइड इफेक्टको थोरै डर संगै मनमा धेरै खुसि पनि लाग्यो ।
विश्वलाई आक्रान्त पारेको यस्तो कोरोना जित्ने खोप नलाउने कुरै भएन यो संगै खोप लगाउने आँट गरियो। यो खबर आफ्नो परिवार संग पनि शेयर गरे त्यसपछि झन् धेरै हिम्मत लियर चाइनामा उत्पादन भएको कोरोनाको यो खोप लगाउने निर्णय गरें।
जनवरी २१ तारिकमा पहिलो डोजको खोप लगाए । 
तर शंका गरेजस्तो असर नदेखिदो रहेछ। मात्र करिब आधा घाण्टा जति उनीहरु संगै सम्पर्कमा रहन भन्दो रहेछ।
हाम्रो कम्पनि अल्माया सुपरमार्केटमा पनि लगभग सबै जना नेपालीहरुले खोप लगाइसक्नु भयो। यहाका सबै नेपालीलाई निशुल्क खोप दिएर नेपालीलाई यौटा गुणपनि लगाएको छ।
मेरा सम्पुर्ण आदरणीय नेपाली बुवा आमा दाजु भाइ दिदीबहिनीहरुलाई पनि आज देखि नेपाल सरकारले सुरु गरेको कोरोना बिरुद्दको खोपमा सहभागी हौँ। र यसकालागी प्रतिबन्ध  गरेका व्यक्तिहरु जस्तै दिर्घ रोगि, बृद्द , बालक र बिभिन्न औषधि सेवन गरिरहेका व्यक्तिहरुले खोपको प्रयोग सकेसम्म नगरौं र अरु सबैले यसको प्रयोग गरि कोरोना लाइ परास्त पार्ने अठोट गरौँ।                   – राम प्रसाद काफ्ले, हाल यु.ए.इ.