कोभिड – १९ बिरुद्धको खोप अभियान २०७७ प्रथम चरणको कार्यक्रम मनाङ्ग जिल्लामा सुरुवात भएको छ । मनाङ जिल्ला अस्पतालका अधिकृत डा. सन्तोष अधिकारीले पहिलो खोप लगाए पछी खोप लगाउन सुरु भएको हो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेलाई प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ट निरीक्षक नविन किरण भुसालले हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको औपचारिक सत्रमा आफ्नो मन्तब्य राख्दै अस्पतालका मे. सू. डा. प्रतिभा गौलीले कोभिशिल्ड खोप प्रभावकारी रहेकोले निश्चिन्त भएर खोप लगाउन अनुरोध गर्नु भएको थियो ।
अस्पताल का मे. सू. डा. प्रतिभा गौली लगायतका अस्पताल कर्मचारीहरु, स्वास्थ्य कार्यालयका कोल्ड चेन निरीक्षक रामाधार राय यादब, परिवार नियोजन सुपरभाइजर सुदिप कडेल लगायत स्वास्थ्य कार्यालयका कर्मचारीहरु, चामे गाँउपालिका लगायत स्थानीय स्वास्थ्य संयोजकहरु, महिला स्वयम सेविकाहरु, लगायत कोरोना बिरुद्धको लडाईमा अग्र पंक्तिमा रहेका स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक, सफाइकर्मीहरु लगायतले खोप लगाउनुभएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्रि आचार्यले जनाउनुभएको छ ।
अस्पतालले खोप लगाउनको लागि अस्पतालका स्टाफ नर्स बिना पौडेल र उषा महतोलाई खोप कर्ता, परामर्शको लागि अनमी लिला राना, अ. न. मी. रीतिका आचार्यलाई परामर्शकर्ताको जिम्मेवारी तोकेको छ ।
मनाङ जिल्लामा पहिलो चरणको खोप कार्यक्रमको लागि एक भायल खोपले १० डोज पुग्ने २३ भायल खोप प्राप्त भएको जिल्ला अस्पतालले जनाएको छ ।