/कोभिड बिरुद्दको खोप सम्मको यात्रा

कोभिड बिरुद्दको खोप सम्मको यात्रा

बिश्वमा कोरोनाको महामारी फैलियको त्रासपुर्ण समयदेखि सजग भयका हामी, कोरोना भाईरसको परिक्षण को यकदमै सम्बेदनशिल क्षेत्र नमुना सङ्कलन को लागि तालिमको अबसर पाएकोमा यकदमै खुसि थिय, सङ्सङ्गै घरपरिवारको प्रेसर फेरि उस्तै थियो, यसमा सम्लग्न नहुनु भन्ने, हुनु पनि स्वभाबिक नै थियो, समाचार माध्यमबाट उपचारबाट निको भयका भन्दा आइसीयु , भेन्टिलेटर अनि मृत्युका समाचार जोड-जोडले बज्थे । 

घरपरिवारमा बल्लबल्ल सम्जायर तालिम लिन सफल भएं  त्यसपछिका दिनहरुमा धेरै ठाउमा तालिम दिन पनि गईयो, अाफै गाउँ-गाउँ गयर नमुना सङ्कलन पनि गरियो, धेरै साथिभाई हरु त नजिक आउन, राम्रोसँग बोल्नपनि डराउने अबस्था को सामना गरियो, घरभेटिलाई सम्झाउन पर्ने अर्को तनाब, कतै घरबाट त निकाल्दैन भन्ने ।  यस्ता कुराको झिनो प्रवाह गरि निरन्तर बिरामिको सेवामा खटिरहे । 

आज आयर सङ्घर्सको अलिकति भयपनि लामो सास फेर्न पायको छु, अब आगामि दिनहरूमा पनि यस्तै चुनाैतिहरुका डटेर सामना गर्नेछु, निरन्तर यश कार्य मा हाैसला दिनुहुने बुबा-आमा लाई शिर निहुरायर नमन, अनि अस्पतालका सप्पै साथिहरुलाई पनि उत्तिकै सम्मान ! भ्याक्सिन सबैको माझ छिट्टै पुगोस ।  विशेष धन्यबाद नेपाल सरकारलाई !  माक्स लगाउने, सामाजिक दुरि कायम गर्ने कार्यलाई मनैदेखि पालना गर्नुहुन सबैमा अनुरोध छ ।