सागर गिरि ,
पोखरा वडा नम्बर १७ पुल्चोक टोलले कमिटी भेला सम्पन्न गरेको छ। टोलमा भएका विभिन्न समस्याका बारेमा साथै भुमी समस्या समाधान आयोग लालपुर्जाका लागि आवश्यक कागजात लगायतका बिषयमा छ्लफल सङै भेला सम्पन्न गरेको हो ।
भेलामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १७ का अध्यक्ष तिर्थराज अधिकारीले अब सुकुम्बासीका हातमा लालपुर्जा छिटो आउने बताउनुभएको छ ।
कार्यक्रमको अध्यक्षता इन्द्र बहादुर खडकाले गर्नुभएको थियो भने कार्यक्रम संचालन नीर बहादुर थापाले गरेका थिए ।
अतिथी वडा सदस्य राधिका शाही योगिले जिविकोआर्जनको निम्ति सीप सिक्नुपर्ने बताउनु भयो । त्यस्तै नेकपाका वडा अध्यक्ष सुबाश ढुङ्गानाले अव्यवस्थितलाई ब्यवसथित गर्न काधमा जिम्मेवारी आएको समेत बताउनुभयो ।